समाज

हुम्लामा सतर्कता अपनाउन प्रशासनको आग्रह

इकागज |
असार ४, २०७८ शुक्रबार ६:२६ बजे

फाइल फाेटाे

हुम्ला : वर्षा सुरु भएसँगै बाढी तथा पहिरोको जोखिम हुने भन्दै जिल्ला प्रशासन कार्यालय हुम्लाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार प्रशासनले गाउँपालिकालाई पत्राचार गर्दै जोखिम स्थानमा रहेका बस्तीहरुको धनजनको क्षति सुरक्षा गर्नमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

हुम्लाका सात वटै गाउँपालिकाहरलाई प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले पत्राचार गर्दै वर्षाबाट आउन सक्ने बाढी पहिरोको जोखिमबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको हो ।


यस्तै बाढी पहिरोबाट हुन सक्ने जोखिम बारे स्थानीय प्रशासनलाई जानकारी गराउन र त्यसबाट सुरक्षित राख्न तयारी अवस्थामा रहन पनि प्रमुख जिल्ला अधिकारी आचार्यले निर्देशन दिएका छन् । 


Author

थप समाचार
x