समाज

तस्बिरमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस

इकागज |
जेठ १६, २०८१ बुधबार १२:८ बजे

काठमाडौँ- आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ । काठमाडौँमा आज बिहान प्रभातफेरि गरेर कमलादीमा कार्यक्रम गरिएको छ ।

७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस आयोजक समितिले औपचारिक कार्यक्रममा कीर्तिमानी आरोही तथा सहयोगीलाई सम्मान गरेको छ ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कीर्तिमानी आरोही तथा सहयोगीलाई सम्मान गरेका थिए ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ । 

नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन पहिलो पटक सगरमाथामा पाइला राखेका थिए ।

अर्थमन्त्री वर्षमान पुनद्वारा मंगलबार संघीय संसद्का दुवै सदनको बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रुपमा मनाइने बताएका थिए ।

र, यो पनि

तस्बिरहरू : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय


Author

थप समाचार
x