समाज

कान्तिपुर पब्लिकेशनका सुरक्षा गार्डले गरे आत्महत्या

इकागज |
जेठ १६, २०८१ बुधबार १५:४१ बजे

सांकेतिक तस्विर

काठमाडौँ- कान्तिपुर पब्लिकेशनको सुरक्षा गार्ड मृत अवस्थामा भेटिएका छन् । पब्लिकेशनको कोशी प्रदेशको मोरङमा रहेको कार्यालयमा सुरक्षा गार्ड रहेका सुन्दरहरैचा ९ का ५० वर्षीया बलबहादुर बस्नेत मृत अवस्थामा फेला परेका हुन् ।

मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले कान्तिपुरको पब्लिकेशनको बन्द रहेको कार्यालयमा खटिएका सुरक्षाकर्मीले आत्महत्या गरेको इकागज जानकारी दिए ।


 उनका अनुसार साथी आएपछि सुरक्षा गार्डको मृत्यु भएको थाहा पाएको हो । साथीले ढोका खोलेनन् र उनले प्रहरीलाई खबर गरेपछि प्रहरी पुग्दा सुरक्षा गार्ड मृत अवस्थामा फेला परेका थिए ।

‘सुरक्षागार्डको अर्को साथी आएपछि थाहा भएको हो,’ उनले भने,’ प्रहरीलाई भने ११-१२ बजेतिर खबर आएको हो ।‘


Author

थप समाचार
x