समाज

यी हुन् मेलम्ची बाढीमा हराइरहेका २० जना

तीन जनाको शव भेटियो, चार जना सम्पर्कमा !

इकागज |
असार ४, २०७८ शुक्रबार ९:२८ बजे

फाइल फाेटाे

काठमाडौँ : मेलम्चीको बाढीमा परेर बेपत्ता भएकाहरुको नाम सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाढीमा हराइरहेकाहरुको विवरण संकलन गर्ने क्रममा २० जना बेपत्ता भएको पाइएको हो । 

गएको मंगलबार आएको बाढीमा परेर सिन्धुपाल्चोकको हेलम्बुका दर्जन बढी मानिस बेपत्ता छन् । हेलम्बुसँगै किउल, चनौटे लगायत क्षेत्रका मानिसहरु पनि बाढीमा परेर हराइरहेका छन् । बेपत्ता भएकाहरुको प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । 


बाढीमा परेर अहिलेसम्म दुई चिनिया र एक भारतीय नागरिकको शव भेटिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको जनाएको छ । हराइरहेका चार जना भने सकुशल सम्पर्कमा आएका छन् । 


Author

थप समाचार
x