समाज

रसुवामा लेक लागेर २४ वर्षीय युवकको मृत्यु

इकागज |
जेठ १८, २०८१ शुक्रबार १४:२९ बजे

काठमाडौँ- रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–४, लाङटाङमा ट्रेकिङ गएका एक जनाको लेक लागेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ का २४ वर्षीय विजय तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुन्चे रसुवाले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सिन्धुपाल्चोकको हेलम्बु हुँदै लाङटाङको क्यान्जिङ उपत्यकाको पदमार्ग अवलोकन गर्दै आएका तामाङको ५६०० मिटरको उचाइमा रहेको लाङसिसा क्षेत्रमा मृत्यु भएको हो । 

घटनाबारे सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरीक्षकको कमाण्डमा र प्रहरी चौकी लाङटाङबाट प्रहरी घटना स्थलमा पुगेको थियो । 

शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज फरेन्सिक मेडिसिन विभागमा पठाइएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x