इलाका प्रहरी टाँडीद्वारा १ सय ५० किलो गाँजासहित बोलेरो नियन्त्रणमा
काठमाडौँ- पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ खुरखुरेबाट प्रहरीले लागूऔषध गाँजासहित भारतीय नम्बर प्लेटको बोलेरो नियन्त्रणमा लिएको छ ।
प्रहरीले खुरखुरे सडक खण्डबाट बिआर २२ क्यू ४३४१ नम्बरको भारतीय नम्बर प्लेटको बोलेरोबाट १५० किलो लागूऔषध गाँजा शुक्रबार बरामद गरेको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख डिएसपी डा. हेम केसीले जानकारी दिए ।
शुक्रबार राति १२:३० को समयमा शंका लागि चेकजाँच गर्न खोज्दा बोलेरो चालक फरार भएको र बोलेरो भने प्रहरीको नियन्त्रणमा रहेको केसीले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया