समाज

पर्यटन विकास आयोजनाका दुई सब-इन्जिनियर घुससहित पक्राउ

इकागज |
जेठ १८, २०८१ शुक्रबार १८:४४ बजे

फाइल तस्बिर

काठमाडौँ- पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौँका दुई जना सब-इन्जिनियर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुससहित शुक्रबार रंगेहात पक्राउ गरेको हो ।

काठमाडौँको नयाँ बानेश्वरस्थित कार्यकक्षबाटै सब-इन्जिनियरद्वय राजनकुमार भट्टराई र संजय अर्याल पक्राउ परेका हुन् ।


उनीहरूले सेवाग्राहीसँग १७ हजार घुस लिएपछि अख्तियारको टोलीले पक्राउ गरेको थियो । मन्दिर निर्माणको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिन भन्दै उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले बताएको छ ।
 


Author

थप समाचार
x