समाज

दरबार हत्याकाण्डबारे तत्कालीन प्रधान सेनापति प्रज्वलशम्शेर जबराले के भनेका थिए ?

इकागज |
जेठ १९, २०८१ शनिबार ९:५५ बजे

(२०५८ जेठ १९ मा नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका धेरैको ज्यान गयो । हत्याकाण्डको सत्य-तथ्यसहित छानबीन गर्ने गरी तत्कालीन प्रधान न्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरिएको थियो । उही समितिले तयार पारेको प्रतिवेदनको यस अंशमा तत्कालीन प्रधान सेनापति प्रज्वलशम्शेर ज.ब.रा.सँग समितिले लिएको बयान यहाँ पुन:प्रकाशन गरिएको छ । प्रतिवेदनको भाषा र शैलीसमेत यहाँ हुबहु छ । दुई दशकपछि पनि यो हत्याकाण्ड रहस्यमै छ- सम्पादक ।)

समिति : घटनाको जानकारी चिफ साबलाई कहिले भयो ? कुन बेला थाहा पाउनु भयो । त्यसपछि चिफ साहेबले के के सेवा पुर्‍याउन सफल हुनुभयो यस बारेमा केही जानकारी दिन सक्नु हुन्थ्यो कि ? 

जवाफ : प्रश्न महत्वपूर्ण छ । राजदरबारको सिक्युरिटी शाही नेपाली सेनाको जिम्मेवारी होइन । त्यहाँ भित्र दुइटा गण छ । शाही रक्षक सैनिक प्रहरी छ । एडिसि छ । त्यहाँभित्र कम्प्लिट सिक्यूरिटि एडिसि अफिस, सैनिक सचिव या प्रमुख सैनिक सचिवले हेर्ने हो । शाही नेपाली सेना कुनै जिम्मेवारी नै छैन त्यसमा पहिला त्यो छ । 

दोश्रो कुरामा, म राती शुक्रवार १९ गते पौने दश बजेको थियो । म सुत्न तयार भैराखेको थिएँ । मलाई भित्रको एडिसिले क्याप्टेन प्रफुल्ल विक्रम शाहले फोन गरिकन महाराजाधिराज सरकारलाई गन क्जयत एक्ज्याक्ट भन्छु गन क्जयत लागेको छ । हस्पिटल सवारी चलाइयो भन्‍ने वित्तिकै त्यो भन्‍नुभए पछि म यो नर्मल लुगामा लगाएर नि हो हस्पिटल दौडिएँ । म हस्पिटल पुग्दाखेरी १०:१० जति भएको थियो । ट्‍वान्टी मिनेटमा म पुगिसकेको थिएँ । त्यहाँ पुग्दाखेरी के भएको थियो ? कसो भएको मलाई थाहा पनि थिएन ।

मेरो मनमा के लागेको थियो भने स्वर्गीय महाराजाधिराज सरकार किन वेलुकिताका हतियार खेलाई बक्स्यो होला, कसरी एक्सिडेन्ट केही भएर गोली लाग्यो हो कि भन्‍ने यो मनमा आशंका त्यहाँ पुग्यो । त्यहाँ पुगे पछि त्यहाँ जाँदाखेरी त्यो ट्रमा हलमा महाराजाधिराजको मुमा बडामहारानी सरकार बाहिर राज भैराखेको छ ट्रमा हलको बाहिर । अरु त्यसपछि मुमा बडामहारानी सरकारले ल तिमी आइपुग्यौ । यो सबै कन्ट्रोल गर भनेर हूकुम भयो । सरकारबाट जो हूकुम भयो भनेपछि म गएँ । अब त्यो ट्रमा हल भित्र हेर्दाखेरी हजुरको ... ... । स्वर्गीय महाराजाधिराज सरकार ..... ..... गर्न खोजिराखेको थियो । त्यो स्वर्गीय भैसकेको थियो । 

कुमार खड्गलाई रिभाईभ गर्न खोजिराखेको थियो , प्रयास थियो , सकेन । अब दुई बजे चाँही त्यो ट्रमा हलमा इन्ट्री हाम्रो एक्सिडेन्टल्ली मान्छेको लागि प्रिपेयर क्यापेरेसन हुन्छ त्यहाँ । दुई वटा लासहरू स्ट्रेचरमा रातो मण्डिमा आर्मीको मान्छे स्वर्ग जाँदाखेरि र रवि शमशेरले मलाई आएर के मर्जि भयो भने वित्यास पर्‍यो भनेर मलाई मर्जी भयो । त्यो बेलासम्म मलाई केही पनि थाहा छैन । के भयो त भनेर भन्दाखेरी स्वर्गीय महाराजा दीपेन्द्रले गोली हानेर सबैलाई सिध्याए भनेर मर्जी भयो । ह्या भनेर मैले भने होइन त्यही हो । सत्य गैसक्यो भनेर मर्जी भए पछि म ।

अनि त्यस पछि मैले त्यहाँ मिल्ट्री हस्पिटलको डाक्टरलाई सोधें । के के भैरहेको छ भन्दाखेरी महाराजाधिराज सरकार परमधाम ........ ढिलो भैसकेछ । अरुलाई गरिराखेको छ । स्वर्गीय दीपेन्द्र महाराजाधिराज सरकार गिदि बाहिर निस्केको छ । त्यो विषयमा हामी गर्न खोजीराखेको छौं । कोमल सरकार उसमा, गोरख उसमा भने पछि त्यहाँ त त्यो वातावरण नै कस्तो रहेछ भने हजुरको एज अ चिफ हुने कुरा भैसक्यो । डाक्टरको त्यो हेरीरहेको छ । म त्यहाँ स्वयं गरिकन त्यहाँ यिनीहरूलाई डिस्टर्भ गर्न त राम्रो भएन । अनि मनमा के आयो भने अब यो त वित्यासै भैसक्यो भनेपछि ज्ञानेन्द्र सरकार पोखरामा भनेर थाहा पाएँ ।

अनि त्यस पछि अब एडिसिहरू, मुमाबडामहारानी सरकारलाई जाहेर गरेर ज्ञानेन्द्र सरकारको सवारी सिक्यूरिटि नभैकन सवारी चलाउनु हुन्‍न । त्यही सवारी राख्ने । कसरी ल्याउने भन्दाखेरी हेलिकप्टर प्रयोग गर्ने हो कि भनिकन हामीहरूले महाराजाधिराज सरकार ज्ञानेन्द्रको सवारी पोखरा मै रोकिदियौं । रोकेपछि हजुरको हामीले यहाँबाट हेलिकप्टर पठाउने प्रयास गर्‍यौं । हेलिकप्टर जान सकेन । वेदरको कारणले गर्दाखेरी हाम्रा आर्मी पनि स्ट्याण्ड बाईमा थियो । त्यो हामीलाई प्रोब्लम परेन हजुरको । किन .... डिरेक्टली उसमा हस्पिटलमै ल्याउने हजुरको । यस्तो अन्योलको स्थितिमा एउटा वरिष्ठ शाही परिवारको व्यक्तित्व त्यहाँ होइबक्सन्थ्यो मौसूफ ।

अनि त्यसपछि हजुरको त्यो हेलिकप्टर जान नसकेको कारणले गर्दाखेरी हामीले टिम मायोनिटर सेक्यूरिटी पुलिस सहितको मुग्लीङ्गमा ६ बाहिनीबाट हाम्रो एक्सकर्ट, पुलिस लगाएर हामीले सवारी चलायौं हजुर । अनि विहान विहान यो करिब दुई बजेको कुरा हो । २ बजे पोखराबाट सवारी चलाएको छ । अनि करिब करिब साँढे चार बजेतिर अलिकत उज्यालो पनि भएको पानी पनि कम भएको थियो । हामीले कन्ट्याक्ट गर्‍यौं ।

यसरी हेलिकप्टर जान सक्छ कि भनेर भन्दाखेरी जान सक्छ भने पछि सवारी कहाँ भनेर पछि मुग्लीङ्ग भन्दा अलि उतै रहेछ हजुरको । हेलिकप्टर पनि जानु अनि सवारी गजुरीमा भित्र ....... आएको अनि त्यस पछि सवारी चलाएर ल्यायौं । त्यति भएपछि हजुर अब प्रधानसेनापतिको हैसियतले मैले राष्ट्रिय सुरक्षा हेर्ने हो । अनि गर्दाखेरी अब कोही नाई .. .. उहाँ सवारी भए पछि हजुरले नै भेटिहालिबक्स्यो । अनि त्यस पछि अब जे जे हो त्यही हो ।

समिति : एउटा उसको राजपरिवारको लागि आर्मीबाट पुलिसहरू भन्दा पनि एडिसि र भनौं आर्मी पुलिस ल्याएर ......... वीचको ...... कुनै एवनर्मल एउटाको भन्दा ... .... ..... ..... केही ... .. .. . .. . भ्याउँछ कि भ्याउँदैन ?

जवाफ : राजदरबारभित्र जो एडिसिहरू छ नी त्यो आर्मीबाट जान्छन् योङ्ग अफिसरहरू जस्तो अहिले वरिष्ठ अधिकृतहरू छन् । उनीहरू भित्र गएर त्यहीबाट प्रमोशन भएर भएको हो । हामीहरूको त्यसमा केही हातै छैन । भित्रैबाट प्रमोशन भयो भनेर आउँछ । जुन ठिटाहरू छन् । उनीहरूलाई हाम्रो दरबारको क्र्याइटेरिया अनुसार, मापदण्ड अनुसार हामीहरूले उनीहरूलाई सेल्याक्ट गरिकन नामहरू दरबार पठाउँछौं । अनि दरबारबाट उहाँहरूले सेल्याक्ट गर्नु भईकन । अब फलानो पठाउनु भनेपछि उनीहरू दरबारभित्रै एडिसिको रुपमा कुनै दुई वर्षको लागि जान्छ , कुनै एक वर्षको लागि जान्छ त्यसरी जान्छ । अब यसमा शाही नेपाली सेनाको अपार्ट फ्रम नाम पठाउने वाहेक अरु हामीलाई कामै छैन । 

समिति : पछि उनीहरूको सेवा सर्तको उतै कन्भर्ट हुन्छ कि यतै ? 

जवाफ : अब भनौं न उनीहरू गरि गरि शाही नेपाली सेनाको दरवन्दी भित्र छन् । तर उनीहरू राजप्रासाद सेवा भनौं न त्यहाँ भित्र कामहरू गर्छन् । अब भनौं के रे यो ओम पुन भन्‍ने त्यो सैनिक प्रहरीको हाकिम थियो । उ मामुली पहिलेको चलनमा बाहिर निस्कने थिएनन् । तर उ योग्य भएको हुनाले बाहिर पनि सेवा गर्न सक्छ कि भनेर उसले त्यहाँबाट सहायक रथिमा बढुवा गरेर बाहिर लिएर आएको हो, एउटा त्यो । अर्को अहिले भरखर अशोजमा के विक्रम खड्का भन्‍ने छ । उहाँ सैनिक प्रहरीमा लेसनायक पोष्टमा । उहाँ पनि योग्य व्यक्ति भनिकन उहाँलाई ल्याएर एउटा गणपति पशुपतिप्रसाद गणको गणपति भएर उहाँले हुर्नु हुन्छ ।

 समितिको प्रश्न : दरबारभित्रको सुरक्षाको जिम्मेवारी शाही नेपाली सेनाको नहुने रहेछ होइन चिफ साहेब ?
प्रधान सेनापति जबरा : हो हाम्रो हुन्‍न ।
अरु बरिष्ट अधिकृतहरू बाहिर आउनुहुन्‍न । त्यही भित्रबाट हुन्छ । जो शान्तकुमार मल्ल जरसाहेब, सेकेण्डल्याप्टेनमा स्वर्गीय महाराजाधिराज सरकारको एडिसि हुनुहुन्थ्यो । अहिले त्यहीबाट कप्तान, मेजर, लेप्टेन कर्नल, ब्रिगेडियर, मेजर, लेफ्टेन जनरल भएर उहाँको पदावधि सिद्धिएपछि अनि रिटायर भएर अहिले मानको खातिर शाही पाश्ववर्ती वहाँ हुनुभएको छ । भनेपछि त्यस्तो किसिमको व्यक्तिहरू बाहिर आउनुहुन्‍न । नआउने । 

साधारणतया बाहिर आउन नसक्नु । अब त्यो दुई वर्षे जो जान्छ आर्मीबाट त्यो उनीहरूलाई त्यहाँ भित्र पठाएर उनीहरू बाहिर आउन सक्छ । धेरै अधिकृतहरू जो कि भित्र गएर दुई वर्ष कार्यकाल पुरा गरेर बाहिर निस्केका छन् । शाही नेपाली सेनामा छन् । दरबारको सेक्यूरिटि शाही नेपाली सेनालाई होइन ।

समिति : खाली ...... ..... माग भयो भनेदेखि पठाइदिने मात्रै हो अफिसरको लिष्ट ? होइन प्रारम्भमै प्रारम्भमा माग भए अनुसारका एडिसि पठाइदिने ?

जवाफ : अब महाराजाधिराज सरकार, बडामहारानी सरकारहरूको सवारी, युवाराधिराज सरकारको सवारी बाहिर भएको खण्डमा दरबारबाट बाहिर गएको खण्डमा त्यसबाट शाही नेपाली सेनाको प्लस राजदरबारको दुई जनाको सेक्यूरिटिसंगै प्रहरीको पनि छ क्यार सामेल भैकन बाहिरको सेक्यूरिटि अब भनौं शाही नेपाली सैनिक मञ्चमै सवारी हुन्छ । त्यो आर्मीकै मान्छे हो । त्यो त्यहाँ त्यसमा आर्मीको मान्छे हुन्छ । दरबार भित्र हामीले त्यति छैनौं ।

समिति : त्यहाँ भित्र दुईवटा गण भन्‍नुभएको थियो ?

जवाफ : त्यो पनि उनीहरूको त्यहाँ पालो पहरा लिनु पर्‍यो नी त्यस पछि दरबारको सेक्यूरिटि लिनु पर्‍यो नी । त्यहाँ एउटा बाहिनी पति छ नि शाही रक्षक बाहिनी पति भन्‍ने छ नि त्यसलाई हामीले जस्तो १ बाहिनी, २ बाहिनी, ३ बाहिनी, ४ बाहिनीहरू हुन्छन् । दरबार भित्रको बाहिनीलाई हामीले शाही रक्षक बाहिनी भनेर भन्छौं । त्यहाँ दुई वटा च्यानल हुन्छ । सहायक रथि हुन्छ । उसको ... एउटा महासेनानी हुन्छ । अनि त्यहाँ ब्रिगेडियर हेडक्वाटरको स्टाफ हुन्छन् । अनि दुई वटा गण छ । त्यो दरबारको सेक्यूरिटिको लागि हुन्छ । 

समिति : आर्मी हेडक्वाटरको पनि एडिसिहरू छन् ? 

जवाफ : कसको ?

समिति : तिनीहरूको कर्नलहरूको ?

जवाफ : त्यो दरबारभित्रको, त्यो एडिसि भन्दा पनि पियानस अफिस जुन छ नी सैनिक सचिव उसको अन्तर्गतको त्यो बाहिनीहरूले संचालन गर्छ । 

समिति : शुरुमा शाही नेपाली सैनिकमा भर्ना जवानहरू कति दरबार भित्रबाट कति संख्यामा माग भएको हुन्छ । त्यो अनुसारको लिष्ट पठाएर शाही सलामी त्यो अधिकृतिहरूको बाहेक अरु जिम्मेवारी त्यहाँभित्रको सुरक्षाको जिम्मेवारी शाही नेपाली सेनाको नहुने रहेछ होइन चिफ साहेब ?

जवाफ : हो हाम्रो हुन्‍न ।

समिति : सवारीको क्रममा मात्रै बाहिर आउन पायो ?

जवाफ : बाहिर सवारी भएको खण्डमा सम्झदाखेरी सिक्युरिटि प्रदान गरिन्छ ।

Author

थप समाचार
x