समाज

दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु

इकागज |
जेठ १९, २०८१ शनिबार २१:३३ बजे

दाङ- दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु भएको छ । 

आज साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपुर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । 


टिनले छाएको एक कोठे घरमा खत्रीसँगै रहेकी उनकी श्रीमतीले भने भागेर ज्यान जोगाएकी छिन् । 


Author

थप समाचार
x