बंगलादेशी सांसदको हत्या आरोप लागेका सियाम हुसेन काठमाडौँमा पक्राउ
काठमाडौँ -बंगलादेशी सांसद अनवारुल अजिम अनारको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीले काठमाडौँबाट सियाम हुसेनलाई पक्राउ गरेको हो । उपचारका लागि मे १२ मा भारत पुगेका सांसद अनार भोलिपल्टदेखि नै सम्पर्कविहीन बनेका थिए । भारतीय प्रहरीलाई उद्धृत गर्दै मे २२ मा बंगलादेश सरकारले उनको मृत्युको पुष्टि गरेको थियो ।
नेपालबाट पक्राउ परेका भनिएका हुसेन सांसदको हत्या लगत्तै काठमाडौं गएको हल्ला चलेको थियो । उनी गत बिहीबार नै पक्राउ परेको बंगलादेशका सञ्चारमाध्यमले जनाएको छ ।
हुसेनको सुपुर्दगीका लागि बंगलादेश दूतावासले कूटनीतिक पहल गरिरहेको बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया