समाज

काठमाडौँ महानगरले सिन्धुपाल्चोकका दुई पालिकालाई थप ५०-५० लाख दिने

इकागज |
असार ४, २०७८ शुक्रबार १४:१ बजे

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेल्मबुलाई पचास-पचास लाख रुपैयाँ दिने घोषणा गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाको नवौँ अधिवेशनको पहिलो वैठकलाई सम्बोधन गर्दै काठमाडौं महानगरको तर्फबाट मेलम्ची नगरपालिकालाई रु दुई करोड सहयोग गर्ने घोषणा गरिसकेका छन् । 

मेलम्ची नदीमा आएको बाढी त्यसले गरेको धन–जनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले जानकारी दिए । उक्त नगरलाई महानगरले यस अघि पनि नगर-नगर साझेदारी कार्यक्रम अन्तर्गत सहयोग गरेको थियो ।


महानगरपालिकाले मेलम्ची नगरपालिका १० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो । मेलम्ची नगरपालिका काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो ।


Author

थप समाचार
x