स्रोत नखुलेको ७२ लाखसहित दुईजना पक्राउ
काठमाडौँ- नेपाल प्रहरीले स्रोत नखुलेको रु ७२ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका-७ चावहिलस्थित लुम्बिनी खाजा घर तथा गेष्ट हाउसबाट दुवै जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भोजपुरको पौवा डुग्मा गाउँपालिका-४ घर भइ हाल न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र सोही स्थानका २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया