समाज

भारतमा दुई चेलीलाई ४० हजारमा बेच्ने ३० वर्षपछि पक्राउ

इकागज |
जेठ २२, २०८१ मंगलबार ११:१६ बजे

काठमाडौँ - मानव बेचिबखनमा संलग्न प्रतिवादी ३० वर्षपछि पक्राउ परेका छन् ।  सिन्धुपाल्चोकका दुई जना युवतीलाई २०३९ सालमा ४० हजारमा भारतमा 
लगेर बेच्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका २ का नारायण विक्रम सिलवाल पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालयले उनलाई जेठ २० गते पक्राउ गरेको हो । अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 



Author

थप समाचार
x