समाज

तीनकुनेमा आगलागी : दुई जना घाइते

इकागज |
जेठ २३, २०८१ बुधबार १३:९ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- काठमाडौँको तीनकुनेस्थित स्टोरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । बुधबार ग्रुप अन ट्रेडिङ डिलरमा आगलागी हुँदा दुई जना घाइते भएका हुन् ।

धनुषा घर भई कालिमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ घर भएका २८ वर्षीय उदय श्रेष्ठ घाइते भएका हुन् । उनीहरूको कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।


Author

थप समाचार
x