समाज

'सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी' कार्यक्रमको शुभारम्भ

इकागज |
जेठ २४, २०८१ बिहीबार १५:१७ बजे

काठमाडौँ- ललितपुर महानगरपालिकाले सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी परिचालन कार्यक्रमको शुभारम्भ गरेको छ ।

जनताका समस्या प्रत्यक्ष रूपमा तत्कालै सम्बोधन गर्न उक्त कार्यक्रमको शुभारम्भ गरेको महानगरले जनाएको छ । नगर प्रहरी परिचालन कार्यक्रमको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुभारम्भ गरे । उनले जनताका भोग्नुपर्ने समस्याहरू सुनुवाइ गर्न सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी परिचालन सञ्चालन गरिएको बताए ।


सो कार्यक्रमले स्थानीय सरकारको महसुस जनताले प्रत्यक्ष रूपमा गर्न सक्ने उनको विश्वास छ । त्यस्तै उनले महानगरलाई वातावरणमैत्री बनाउन विभिन्न स्थानमा वृक्षरोपण अभियान सञ्चालन गरिएको जानकारी दिए ।

महर्जनले महानगरको वृक्षरोपण अभियान अन्तर्गत रोकिएका बिरुवाहरूलाई क्षति पुर्याउनेलाई कारबाही गरिएको बताए ।


Author

थप समाचार
x