सांसद डा. दवेकोटा ‘विकास पुरस्कार -२०८१’ बाट सम्मानित
काठमाडौँ- नेकपा एमाले बाग्मती प्रदेश सभा सदस्य तथा पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटा विकास पुरस्कार २०८१ बाट सम्मानित भएका छन् ।
विश्व वातावरण दिवसको अवसरमा डिप्लोमा इन्जिनियर्स एशोसिएसन, नेपाल (डिन) को ४४ औँ स्थापना दिवसको अवसरमा डा. देवकोटालाई विकास पुरस्कार (११ हजार १ सय ११ रुपैयाँ) बाट सम्मानित गरिएको थियो । दिगो विकास, जलवायु परिवर्तन, प्राविधिक शिक्षा, भौतिक पूर्वाधारलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै डिनले सम्मान गरेको हो ।
उक्त कार्यक्रममा खानेपानी मन्त्री राजेन्द्रकुमार राई, डिनका अध्यक्ष कामेश्वर प्रसाद सिंह, महासचिव विन्दिया कार्की लगायत अन्य पदाधिकारीहरूका बीच सम्मान गरिएको हो ।
त्यसमा देवकोटाले घरपरिवारको सम्मानमा प्राप्त पुरस्कारमा १ लाख थपेर आफ्नो हजुरबुबा र हजुरआमा (बुसुमाया देवकोटा) को नाममा ‘बसुहरि विकास पुरस्कार’ १ लाख ११ हजार १ सय ११ राशीको अक्षय कोष स्थापना गरेका हुन् । उक्त अक्षय कोशको रकमबाट डिप्लोमा इन्जिनियर्स क्षेत्रमा प्रयोग गरिने उनले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया