समाज

यस्तो हुनेछ आज दिनभरको मौसम

इकागज |
जेठ २५, २०८१ शुक्रबार ६:२५ बजे

काठमाडौँ- नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका  थोरै स्थानहरु र  बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम,कर्णाली र गण्डकी प्रदेशका एक-दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ | 

त्यस्तै आज राती कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै  स्थानहरुमा तथा बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ।


Author

थप समाचार
x