समाज

प्रहरी कार्यालय अगाडि नै प्रहरीद्वारा पत्रकार खुद्दारलाई दुर्व्यवहारप्रति मधेशी पत्रकार समाजको आपत्ति

इकागज |
जेठ २५, २०८१ शुक्रबार ७:५९ बजे

काठमाडौँ- नयाँ पत्रिकाका समाचारदाता हृदिश खुद्दारलाई दुर्व्यवहारप्रति मधेशी पत्रकार समाज धनुषाले विरोध गरेको छ । समाचार संकलनको क्रममा भिडियो खिचिरहेको बेला पत्रकार हुँ भन्दाभन्दै प्रहरीद्वारा कुटपिट र गाली गलौजसहितको दुर्व्यवहार र समाचार सामाग्री मोबाइल खोसिनु घटना निन्दनीय रहेको समाजका अध्यक्ष सुभाष कर्णद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका कार्यसमिति सदस्यसमेत रहेका खुद्दारमाथि जिल्ला प्रहरी धनुषा कार्यालय अगाडि नै प्रहरीद्वारा दुर्व्यवहार र समाचार सामाग्री खोसिएको थियो ।


पत्रकारको सञ्चार समाग्री खोस्ने, गालीगलौज र दुर्व्यवहार गर्ने सुरक्षाकर्मीको पता लगाई कडाभन्दा कडा कारबाही र मिडियामाथि प्रहरी निकायद्वारा भइरहेको प्रेस स्वतन्त्रता हननको घटना बन्द गर्न मधेशी पत्रकार समाजले माग गरेको छ ।


Author

थप समाचार
x