समाज

कर्णालीको झोलुङ्गे पुलमाथि जाली खुस्किएर खुट्टा छिर्दा भारी बोकेका १२ खच्चर अड्किए

इकागज |
जेठ २७, २०८१ आइतबार ११:४९ बजे

फाइल फोटो

काठमाडौँ- दैलेखमा १२ वटा खच्चर कर्णाली नदी माथिको झोलुंगे पुलमा अड्केका छन् । दैलेखको आठबिस नगरपालिका- ६ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलको जाली खुस्किएर खुट्टा छिर्दा १२ वटा खच्चर फसेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालले इकागजलाई जानकारी दिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गर्ने कार्य भइरहेको उनले बताए । उनले दैलेखबाट अछामतर्फ खाद्यान्न ढुवानी गर्ने खच्चरहरू पुलमा फसेको बताए  ।


‘झोलुङ्गे पुल बनाउने मिस्त्री बोलाएर फलामको रड लगाइ उद्धार गर्ने प्रयास भइरहेको छ,’ उनले भने,’


Author

थप समाचार
x