समाज

कर्णालीको पुलमा फसेका दुई खच्चरको मृत्यु, १० को उद्धार

इकागज |
जेठ २७, २०८१ आइतबार १३:४२ बजे

काठमाडौँ- कर्णाली नदीको झोलुङ्गे पुलमाथि फसेका दुई वटा खच्चरको मृत्यु भएको छ । उद्धार गर्ने क्रममा पुलमाथि फसेका दुई वटा खच्चरको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालले इकागजलाई जानकारी दिए ।

आइतबार बिहान दैलेखको आठबिस नगरपालिका- ६ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुङ्गे पुलको जाली खुस्किएर खुट्टा छिर्दा १३ वटा खच्चर फसेको थियो ।


१० वटा खच्चरको सकुशल उद्धार गरिएको उनले बताए । ‘प्रहरी खटिएर पुलको जाली काटेर नदीमा खसाएर निकालिएको थियो,’ उनले भने,’ नदीमा डुंगा लगेर उद्धार गर्न सकिन्छ भनेर खसालिएको थियो । पानीमा खसालेर उद्धार गर्ने क्रममा दुई वटा खच्चरको मृत्यु भएको हो ।‘

बाँकी खच्चरको पुल सिधा बनाएर उद्धार गर्न प्रयास गरिरहेको उनको भनाइ छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेका हुन् । उनले दैलेखबाट अछामतर्फ खाद्यान्न ढुवानी गर्ने खच्चरहरू पुलमा फसेको बताए  ।

र, यो पनि

कर्णालीको झोलुङ्गे पुलमाथि जाली खुस्किएर खुट्टा छिर्दा भारी बोकेका १२ खच्चर अड्किए

 


Author

थप समाचार
x