रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै आन्दोलनको चेतावनी
काठमाडौँ- कवाड व्यवसायी संघर्ष समितिले रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौँ महानगरपालिकाविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कवाड हटाउने निर्णय भएको भन्दै यसका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । कवाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले काठमाडौँ महानगरका नगर प्रहरीले जबरजस्त शैलीमा आफ्नो व्यवसाय हटाउने काम गरेको बताए ।
उनले आफूहरूको समस्याका बारेमा प्रधानमन्त्री लगायत सबै निकायमा जानकारी गराए पनि कुनै सुनुवाइ नभएको धारणा राखे ।
उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको उनले बताए
उनले महानगरको ज्यादतिविरुद्ध आफूहरू आगामी असार २ गतेदेखि सशक्त संघर्षमा उत्रिन लागेको जानकारी दिए । कवाड व्यवसायी कृष्ण यादवले काठमाडौँ महानगरले श्रमिकहरूको सम्मान नगरेको भन्दै अनावश्यक दुःख दिएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया