समाज

विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा शिक्षा विभागले ताला लगायो

इकागज |
जेठ २७, २०८१ आइतबार १८:४९ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ ।

विभागसँग प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा आएका सटर तथा टहराहरूमा ताला लगाएको हो । यसरी ताला लगाइएका सटरहरूमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा सटर, बागबजारमा रहेको सहिद शुक्र मा. वि. ले भाडामा दिएका २२ वटा सटर, विजय स्मारक मा. वि. डिल्लीबजारले भाडामा लगाएका ८ वटा सटर र पदमकन्या मा. वि. डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको छ ।



Author

थप समाचार
x