बचत हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्षसहित तीनजना पक्राउ
काठमाडौँ- काठमाडौँको मख्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अध्यक्ष बासुदेवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँलाई पक्राउ गरेको छ ।
उनीहरूले सात करोड ४० लाखभन्दा बढी रकम अपचलन गरेको बताइएको छ । उनीहरूले बचतकर्ताको बचत फिर्ता गर्नुको साटो सहकारीले बन्द गरेको बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया