शोभा पाठकलाई ५ दिनको हिरासतमा राख्न अनुमति
काठमाडौँ- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग नाम जोडिएर विवादमा परेकी शोभा पाठकलाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिहरूको चरित्रहत्या गरेको आरोपमा उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरको पुल्चोकबाट सोमबार पक्राउ गरेको हो ।
साइबर अपराधको कसूरमा पक्राउ परेकी पाठकविरुद्ध ५ दिनको म्याद थप भएको छ ।
काठमाडौँ जिल्ला अदालतबाट ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले बतायो ।
एक महिलाको चरित्र हत्या गरेको आरोपमा पाठकविरुद्ध उजुरी परेको थियो । सो क्रममा पुल्चोकबाट साइबर ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको थियो ।
विद्युतीय माध्यमको प्रयोग गरी चरित्र हत्या गरेको पाइएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पाठकले यसअघि नेपाल एमालेका नेता महेश बस्नेतले आफूमाथि बलात्कार गरेको भन्दै हुलाकमार्फत जाहेरी दर्ता गराएकी थिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया