समाज

कस्तो छ आजको मौसम पुर्वानुमान ?

इकागज |
जेठ २९, २०८१ मंगलबार ६:३१ बजे

काठमाडौँ- हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक  प्रभाव रहेको छ ।

हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली भई कोशी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । 


आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी, कर्णाली र सदूररपश्चिम प्रदेशको थोरै स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

त्यस्तै राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


Author

थप समाचार
x