जिल्ला प्रशासन कार्यालयले भन्यो - अनलाईन फारममा दिइएको मितिमा मात्रै उपस्थित हुनू, अनावश्यक भिड नगर्नू
फाइल फाेटाे
काठमाडौँ - जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रिय परिचयपत्र र विद्युतीय राहदानीका लागि अनलाईन फारम भर्दा दिइएको मिति र समयमा मात्रै उपस्थित हुन आग्रह गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै प्रशासनले अनलाईन फारममा उल्लिखित मिति र समयको पालना नगरी सेवाग्राहीहरू बिहानदेखि कार्यालयमा लाइन लाग्दा अनावश्यक भिड बढ्न गई सेवाप्रवाहमा कठिनाइ उत्पन्न हुन गएको उल्लेख छ ।
तसर्थ अनलाईन फारममा तोकेको मितिमा मात्रै कार्यालयमा उपस्थित हुन कार्यालयले सबैमा अनुरोध गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया