सामुदायिक विद्यालयको सटर बन्द नगर्न काठमाडौँ महानगरलाई उच्च अदालतको अन्तरिम आदेश
काठमाडौँ- उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयका सटर बन्द नगर्न आदेश दिएको छ ।
बुधबार उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले यस्तो आदेश दिएको हो । तुलसीप्रसाद अगस्तीले दिएको रिटमा असार ७ गतेसम्म सामुदायिक विद्यालयले सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
अदालतले असार ७ गते रिटका पक्ष विपक्षलाई बहसका लागि डाकेको छ ।
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज १३ वटा सामुदायिक विद्यालयले बहालमा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया