सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै लघुवित्त पीडित संघर्ष समितिले पुनः आन्दोलन गर्ने
काठमाडौँ- सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै लघुवित्त पीडित संघर्ष समितिले पुनः आन्दोलन गर्ने जनाएको छ ।
लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारले दुई महिनाभित्रै समस्या समाधान गर्ने गरी सहमति गरे पनि सहमति कार्यान्वयन गर्न बेवास्ता गरेको भन्दै आन्दोलन गर्ने जनाएको हो ।
संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले सहमति विपरीत लघुवित्त पीडितलाई कालोसूचीमा राख्ने, धितो लिलामको धम्की दिने लगायतका काम भएकाले पुनः आन्दोलन गर्ने तयारी गर्नुपरेको जानकारी दिए । उनले असार १५ गतेसम्म आफूहरूको माग पूरा नभए असार १६ गतेदेखि वित्तीय संस्थाहरूविरद्ध देशव्यापी मसाल जुलुससंगै विद्रोहमा जाने कार्यक्रम तय भएको बताए ।
संघर्ष समितिले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, आम गरिब किसानलाई नि:शुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया