रौतहट प्रहरीद्वारा ३० दिनमा ४१ फरार प्रतिवादी पक्राउ
रौतहट- जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको सक्रियतामा प्रहरीले मात्र ३० दिनभित्र ४१ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ ।
फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय रोकिएर फरार रहेका ४१ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूले पक्राउ गरेको हो । गत जेठ १ देखि ३० गतेसम्म पक्राउ परेका सबै जना फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा नयाँ एसपीको रूपमा दिलीप घिमिरेले कमाण्ड सम्हालेदेखि एउटा छुट्टै अभियान सञ्चालन गरेर फरार प्रतिवादीलाई पक्राउ गरी कारबाही तथा फैसला कार्यान्वयन गराउन तीब्रता दिइएको छ।
त्यसैगरी एसपी घिमिरेको सक्रियताले जिल्लामा आपराधिक क्रियाकलापमा कमी आउनुका साथै संस्थागत तस्करी समेत नियन्त्रण भएको स्थानीयहरूले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया