समाज

ढिस्कोले पुरिएकी बेपत्ता महिलाको शव फेला

इकागज |
जेठ ३१, २०८१ बिहीबार २२:६ बजे

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीमा नाला निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर बेपत्ता भएकी महिलाको शव फेला परेको छ । 

आज साँझ कावासोती नगरपालिका–२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गर्दै गरेका तीन जना महिला मजदुर पुरिएकामा दुई जनाको यसअघि नै मृत्यु भएको थियो । एक जना महिला बेपत्ता भएकी थिइन् ।


बेपत्ता भएकी कावासोती नगरपालिका–५ बस्ने ३२ वर्षीया चमेली दर्लामीको माटोले पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।  

माटोले पुरिएर कावासोती नगरपालिका– ५ की लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना र २६ वर्षीया तानमाया गाहाको मृत्यु भएको थियो । चमेली दर्लामीकोसमेत शव भेटिएसँगै ढिस्कोले पुरिएका तीनै जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 

ढल निकासीको ह्युमपाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा तीन जना मजदुर महिला पुरिएका थिए । पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । रासस


Author

थप समाचार
x