समाज

भारतमा १३ वर्षीया बालिका बेपत्ता, खोजिदिन परिवारको अपिल

इकागज |
जेठ ३२, २०८१ शुक्रबार २०:८ बजे

काठमाडौँ- भारतमा तीन दिनदेखि नेपाली बालिका बेपत्ता भएको भन्दै परिवारले खोजिदिन आग्रह गरेको छ ।

कैलालीको गोदावरी नगरपालिका-८  घर भएकी १३ वर्षीया बालिका शारदा भुल बुधबारदेखि भारतको पञ्जाबबाट बेपत्ता भएको त्यहाँस्थित शिवराज बिनाडीले बताए । उनी पञ्जावको लुधियाना कुन्दनपुरीबाट बेपत्ता भएको बिनाडीको भनाइ छ ।


उनका बुबा दिलीप भुलले छोरी हराएकाले कतै फेला पारेमा भारतमा आफ्नो ९९८८९६१०३३ मा वा नेपालमा फेला परे घरमा रहेको ९७४६३२१९०३ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।


Author

थप समाचार
x