समाज

वेभसिरिज कुटुम्ब सार्वजनिक (भिडियो)

इकागज |
असार २, २०८१ आइतबार ११:११ बजे

काठमाडौँ- पछिल्लो समय विभिन्न टेलिशृंखला तथा वेभसिरिज निर्माणको लहर नै चलेको छ । कति सिरिजले आमदर्शकको मन जितेका छन् त कति दर्शकको रोजाइमा पर्न नसकेर किनारा लागेका छन् । यही परिवेशबीच नवीन कथामा अर्को एउटा नयाँ सामाजिक वेभसिरिज सुरु भएको छ- कुटुम्ब ।

एक्सन फिल्मसले निर्माण गरेको उक्त सिरिजको पहिलो अंक शनिबार सार्वजनिक भएको हो । युट्युब च्यानल ‘कुटुम्ब अफिसियल’बाट सार्वजनिक भएको उक्त सिरिज हरेक शनिबार साँझ साढे पाँच बजे प्रिमियर हुनेछ । सिरिजको निर्देशन युवराज खत्रीले गरेका हुन् । निर्देशक खत्रीले निर्देशन गरेका थुप्रै चलचित्र तथा म्युजिक भिडिओले दर्शकको मन जितिसकेका छन् ।


उक्त वेभसिरिजमा कलाकारहरू आयुव केसी, सरिता भण्डारी, रोहित कार्की, राजु भुजेल, घनश्याम तिमल्सिना, मौसम खड्का, स्मारिका खनाल, यशु भट्टराई, मिना जिसी, युवराज खत्री, टेक अधिकारी, अनिशा पराजुली र सुष्मा केसीको अभिनय छ । उक्त सामाजिक सिरिजलाई पीएस खतिवडाले लेखेका हुन् ।

टेक अधिकारी, सरिता भण्डारी र मुक्ति उप्रेती निर्माता रहेको कुटुम्बको सुजन श्रेष्ठले छायांकन गरेका हुन् । सिरिजको सह–निर्देशन नविन गिरीले गरेका हुन् भने व्यवस्थापन घनश्याम तिमल्सिनाले गरेका छन् ।

निर्देशक खत्रीले सिरिजलाई समाजको वास्तविक चित्र बनाउने प्रयास गरिएको बताएका छन् । ‘रगतको नाताभन्दा माथि उठेको आमसम्बन्धका विषयमा सिरिज निर्माण भएको छ’ उनले भने ‘यस सिरिजले दर्शकको मन जित्नेमा हामी विश्वस्थ छौं ।’


Author

थप समाचार
x