समाज

काठमाडौँ महानगरका कार्यपालिका सदस्यले गरे नगरसभा बैठक बहिष्कार

इकागज |
असार २, २०८१ आइतबार ११:५९ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले नगरसभा बैठक बहिष्कार गरेका छन् । आइतबार बिहान बसेको कार्यपालिका बैठकमा उपस्थित सदस्यहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५औँ बैठक स्थगित भएको हो ।

मेयर बालेन्द्र शाह (बालेन) ले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन्।  बैठक सुरु हुनासाथ मेयर शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बोल्न चाहनेलाई ५ मिनेटको समय दिएका थिए।


त्यसपछि कार्यपालिका सदस्यहरू बैठक छाडेर हिँडेका हुन् ।  कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेपछि मेयर शाहले आगामी असार १० गते ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। 


Author

थप समाचार
x