समाज

बाँकेमा गर्मीले सडकमा ढलेका सुन व्यवसायीको मृत्यु

इकागज |
असार २, २०८१ आइतबार १५:३ बजे

फाइल तस्बिर

काठमाडौँ- बाँकेमा अत्यधिक गर्मीका कारण सडकमा ढलेका उक जना व्यवसायीको मृत्यु भएको छ ।

केही दिनयता अत्यधिक गर्मी बढेको बाँकेको खजुरा गाउँपालिकास्थित खजुरा बजारमा रहेको मेट्रो ज्वेलर्सका संचालक टोपेन्द्र सुनारको शनिबार मृत्यु भएको हो ।


मोटरसाइकलमा घरबाट पसलतर्फ गइरहेका सुनार मोटरसाइकल चलाउने क्रममा चक्कर लागेपछि रोकेर सडक किनारमा बेहोस भएका थिए । खजुराको धनौलीमा बेहोस भएका सुनारलाई स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

अत्यधिक गर्मी बढेको मध्य दिउँसो मोटरसाइकल लिएर सडकमा निस्केका सुनार गर्मीकै कारण चक्कर लागेर सडक किनारमा बेहोस भएको स्थानीयले बताएका छन् । 


Author

थप समाचार
x