समाज

९४ करोड ठगीमा कृषि विकास सहकारीका अध्यक्षसहित चारजना पक्राउ

इकागज |
असार २, २०८१ आइतबार १५:८ बजे

काठमाडौँ- प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

काठमाडौँ अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त सहकारीका अध्यक्ष तेजविक्रम थापासहित व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरू भिमसेन महर्जन र सञ्जय सापकोटालाई सार्वजनिक गरेको हो ।


सहकारीले बचतकर्ता सदस्यहरूको रकम फिर्ता नगरेको भनि उजुरी परेपछि सहकारी विभागले प्रहरीलाई पत्र पठाएको थियो । प्रहरीले अनुसन्धान गर्दा उक्त व्यक्तिहरू फरार रहेकामा जेष्ठ ३१ गते काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

उक्त सहकारीबाट २ हजार ५ सय ३१ बचतकर्ता पीडित भएको देखिएको र २ अर्ब ८० करोड निक्षेप रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए । जसमध्ये ५ सय ६६ जनाले रु ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको उजुरी प्राप्त भएको भट्टराईले बताए । पक्राउ परेकामध्ये थापा कृषि टेलिभिजन र गोर्खा टेलिभिजनका अध्यक्षसमेत हुन् । 


Author

थप समाचार
x