समाज

यस्तो हुनेछ आज दिनभरको मौसम

इकागज |
असार ३, २०८१ सोमबार ५:५३ बजे

काठमाडौँ- हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।

बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।


हाल विभिन्न प्रदेशमा वर्षा भइरहेको छ ।

कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशि देखि साधारणतया बदली भई बाँकी  भू-भागमा आंशिक बदली रहेको छ।

कोशी  प्रदेशका केही स्थानहरुमा तथा मधेश र बागमती  प्रदेशका थोरै स्थानहरुमामा मेघगर्जन/चट्याङ्गसहित  वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राति  कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


Author

थप समाचार
x