समाज

ओशोधारा नेपालको त्रिदिवसीय योग साधना सम्पन्‍न

इकागज |
असार ३, २०८१ सोमबार ११:४७ बजे

काठमाडौँ- ओशोधारा नेपालको आयोजनामा त्रिदिवसीय योग साधना सम्पन्न भएको छ । आइतबार काठमाडौँको धापासीमा आयोजित साधना ओशोधाराले आयोजना गर्ने चौथो तहको साधनामा यसपटकको अमृत योगमा २२ जना सहभागी थिए ।

 यसअघि ध्यान योग, सुरती योग र निरती योगमा सामेल भइसकेका साधकका लागि यसपटक अमृत योगको आयोजना गरिएको हो । अमृत योग भएको संस्थाका नेपाल संयोजक आचार्य प्रद्युम्नराज पाण्डेले सामाजिक सद्भाव कायम गरी भाइचारा मानिसलाई स्वस्थ बनाउन सकिने बताए ।


साधना समापनका अवसरमा विभिन्न अट्ठाइस चरणका साधना गराउने सूची रहेको र हरेकले यसबाट आत्मिक शान्तिका साथै सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्ने आचार्य अनन्त बिष्टले बताए । सहभागिहरूले आफ्नो योगाभ्यासको अनुभव सुनाउँदै आत्मिक शान्तिका साथै शारीरिक अभ्यास समेत गराइने हुनाले लामो समयदेखि आफ्ना समस्याहरू हल भएकोले आफूले नियमित भाग लिदै आएको बताए ।

प्रशिक्षक आचार्य डा नम्रता पाण्डेले ओशोधारा नेपालले आयोजना गर्ने यसप्रकारका साधनाबाट तन्त्रमन्त्र वा कुनै तान्त्रिकले रोग ठिक गरे जस्तो चमत्कार नभइ यो जीवनशैली भएको बताइन् । उनले ओशोधारा नेपालका योग साधनाबाट वर्तमानको कोलाहलपूर्ण बन्दै गएको जीवनलाई क्रमश सहज बनाउदै आइपर्ने समस्यालाई पनि त्यसै रुपमा ग्रहण गर्न सिकाउने विधि भएको उल्लेख गरिन् ।

अर्का आचार्य पुजारीले योग साधना सिक्नु मात्र होइन यसको नियमित प्रयोग र अरूलाई पनि सिकाउने मुख्य कुरा रहेको दाबी गरे । आचार्य पुजारीले विभिन्न प्रयोगात्मक विधिको प्रशिक्षण दिनु भएको थियो । सहभागिहरुले ओशोधारामा लाग्दा कुनै धर्म पन्थ वा घर नैं छोडेर सन्यासी भएर हिड्नु पर्ने नभइ अध्यात्मको उत्कृष्ट नमुना महसुस गरेको बताए ।

सो अवसरमा अर्को चरणको शब्द योग साउनको अन्त्यमा आयोजना गरिने पनि जानकारी दिएको थियो ।


Author

थप समाचार
x