समाज

सुनसहित पक्राउ परेका चिनियाँ नागरिक बताउने ग्याल्मोसँग नेपाली नागरिकता

इकागज |
असार ३, २०८१ सोमबार १६:४३ बजे

काठमाडौँ- आफूलाई चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका छन् । आफूलाई चिनियाँ नागरिक बताउने ग्याल्मो भन्ने सोनाम गुरुङको साथबाट प्रहरीले नेपाली नागरिकता फेला समेत पारेको जानकारी दिएको हो ।

उनको साथबाट सोनाम गुरुङको नाममा रहेको नेपाली नागरिकताको प्रमाण पत्र एक थान बरामद भएको नेपालको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।


आफूलाई चिनियाँ नागरिक बताउने गुरुङले अवैध रूपमा सुन तस्करी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो अवैध सुनको थप अनुसन्धान गर्ने क्रममा गुरुङ पक्राउ परेको सीआईबीले जनाएको छ ।

सोमबार बिहान सीआईबीको टोलीले ६ किलो सुनसहित गुरुङलाई बौद्धको तिनचुलीबाट नियन्त्रणमा लिएको हो । उनको साथबाट ९९९.९ किलो सुन ६ थान (आधिकारिक रूपमा तौल र परीक्षण बाँकी), ४८ लाख नेपाली रुपैयाँ र ३ थान मोबाइल बरामद भएको छ ।

गुरुङ अवैध सुन भन्सार चोरी पैठारी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। बरामद सुन र गुरुङबारे सीआईबीले थप अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।


Author

थप समाचार
x