समाज

काठमाडौँ महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप

इकागज |
असार ४, २०८१ मंगलबार १७:१३ बजे

काठमाडौँ- कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौँ महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप भएको छ ।

काठमाडौँ महानगरको डोजर आतंक बन्द गर भन्दै काठमाडौँ प्लाजा कमलादीस्थित महानगरपालिका घेराउन गर्न खोज्दा प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरी र व्यवसायीबीच झडप भएको हो । महानगरपालिका घेराउ गर्न प्रहरी रोकेपछि प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए ।


त्यसपछि प्रहरीले हस्तक्षेप गरेको थियो । झडपका कारण केही प्रदर्शनकारी घाइते भएका छन् । कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौँ महानगरपालिकाविरुद्ध विरोध र्‍यालीसहित प्रदर्शन गरिएको थियो । प्रदर्शनका क्रममा ठूलो संख्यामा प्रदर्शनकारी महानगर घेराउन गर्न पुगेका थिए ।


 


Author

थप समाचार
x