समाज

गम्भीर घाइते किशोरीको अझै उद्धार हुन सकेन

इकागज |
असार ५, २०७८ शनिबार २१:३ बजे

बाजुरा : बुढिनन्दा नगरपालिका– १ स्थित रुपासैँनी भीरबाट लडेर गम्भीर घाइते भएका १६ वर्षीया ललिता गिरीको आजसम्म उद्धार हुन सकेको छैन । यही असार १ गते घाँस काटिरहेका अवस्थामा सो भीरबाट एक्कासी लड्दा उनीको घाँटि तथा ढाँडमा असर छ ।

अचेत अवस्थामा यहाँस्थित कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उनीलाई पु¥याइएको थियो । स्वास्थ्य केन्द्रका चिकित्सक  डिकेन्द्र सञ्ज्यालले किशोरीको अक्सिजन लेबल घटेको जानकारी दिँदै तत्काल अन्यत्र रिफर गर्नुपर्ने जानकारी दिए । 


प्रतिकूल मौसमले हवाई उड्डयन हुन नसक्दा किशोरी गिरीको हवाई उद्धार हुन नसकेको  प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए ।  उनले भने, “ मौसम सफा हुने बित्तिकै किशोरीको उद्धार हुन्छ । जिल्लामा हेलिकप्टर आउन सकेको छैन । ” सुदूर पश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले  हवाई उद्धारमा पहल गर्नुभएको बताइएको छ । रासस


Author

थप समाचार
x