समाज

आफैँले गोली हानी मृत भेटिएका प्रहरी जवानको शव पोष्टमार्टम गर्न टिचिङ पुर्‍याइयो

इकागज |
असार ५, २०८१ बुधबार १२:५ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नयाँ बानेश्वरस्थित संसद्‌ भवनको शौचालयमा मृत भेटिएका प्रहरी जवान अजित गोलेको शव पोष्टमार्टमा लागि महाराजगञ्जस्थित त्रिभुवन  शिक्षण अस्पताल (टिचिङ ) लगिएको छ । २२ वर्षीय गोलेले बुधबार बिहान ८ बजेतिर आफूले बोकेको इन्सास राइफलले आफ्नै निधारमा हानेर आत्महत्या गरेको प्रहरीले बताएको छ ।

संसद्‌ भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरर्क्षाथ खटिएका उनको घटनास्थलमै मृत्यु भएको थियो । बिहान ६ बजेदेखि ड्युटीमा रहेका गोले ८:१५ बजेतिर शौचालयमा मृत भेटिएको काठमाडौँ प्रहरी परिसरका एसपीले बताएका छन् । 


दोलखाको मेलुङ गाउँपालिका- ४ घर भएका गोले हाल संघीय संसद्‌ सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

र, यो पनि


Author

थप समाचार
x