समाज

महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप

इकागज |
असार ५, २०८१ बुधबार १४:४५ बजे

काठमाडौँ - कवाड व्यवसायी संघर्ष समितिले रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै बुधबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बुधबार उनीहरूले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । छोटे राजाहरूको आतंक बन्द गरौं, कवाड व्यवसायीहरूको रक्षा गरौं भन्ने ब्यानरका साथ प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले आफूहरूको रोजीरोटी बन्द नगर्न माग गरेका थिए ।


उच्च अदालत पाटनले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको र आफूहरूलाई महानगरबाट विस्थापित गर्न खोजिएको उनीहरुको गुनासो छ । 

यसअघि मंगलबार कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप भएको थियो । 


Author

थप समाचार
x