ललितपुर महानगरले रसिया र अमेरिकाको सहरसँग भगिनी सम्बन्ध बनाउने
काठमाडौँ- ललितपुर महानगरले रसियाको उलान उदे नगर र अमेरिकाको ब्रुमफिल्ड सहरसँग भगिनी सम्बन्ध कायम गर्ने भएको छ । हाल उक्त दुवै सहरसँग सैद्बान्तिक स्वीकृती भई प्रक्रिया अगाडि बढिरहेको महानगरको बुधबार बसेको नगरसभा बैठकमा मेयर चिरीबाबु महर्जनले जानकारी दिए ।
महानगरपालिकाले हालसम्म मकवानपुरको हेटौडा उपमहानगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, दोलखाको भिमेश्वर नगरपलिका, गुल्मीको मालिका गाउँपालिका र सल्यानको सारदा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरिसकेको छ ।
छिमेकी तथा भगिनी सम्बन्ध कायम भएका स्थानीय तहलाई वातावरण तथा सम्पदा सम्बन्धी परियोजना सहयोग गर्ने गरिएको मेयर महर्जनले बताए ।
महानगरपालिकाको विकास निर्माणमा सहयोग गर्न रुचि भएका कोरियन, रसियन, जापानिज, चाईनिज डेलिगेट्सले गरेको महानगपालिकाको भ्रमणले दुवै देशका असल अभ्यासको आदान प्रदान र सहयोगको प्रतिवद्धता समेत प्राप्त भएको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया