समाज

ललितपुर महानगरले नयाँ कालोपत्रे सडकमा दुई वर्षसम्म खन्‍न नदिने

इकागज |
असार ५, २०८१ बुधबार १६:३५ बजे

सांकेतिक तस्विर

काठमाडौँ- ललितपुर महानगरपालिकाले नयाँ कालोपत्रे सडकमा खन्न नदिने भएको छ । बुधबार महानगरको पाँचौ नगरसभामा मेयर चिरीबाबु महर्जनले दुई वर्षसम्म नयाँ सडकमा खन्न स्वीकृती नदिने बताएका हुन् ।

सडक विस्तार गर्न विद्युतको पोल सार्ने, ढल र खानेपानी लाइनको काम सम्पन्न भएपछि मात्र सडक कालोपत्रे योजना छनौट गरी ठेक्का लगाइने उनले जानकारी दिए ।


सडक आयोजनाहरू कार्यान्वयन गर्दा अन्तरनिकाय समन्वयलाई जोड दिइने उनले बताए ।


Author

थप समाचार
x