समाज

वीरगञ्‍जमा रहेको संकल्प लोकसेवामा आगलगी हुँदा लाखौंको क्षति

इकागज |
असार ६, २०८१ बिहीबार १२:३८ बजे

सांकेतिक फोटो

वीरगञ्ज - विरगञ्जमा रहेको प्रसिद्ध इन्स्टिच्युट संकल्प लोकसेवामा गएको राति करिब १२ बजे आगलागी हुँदा सम्पूर्ण कागजपत्रहरू, इलेक्ट्रिक बोर्ड, कम्प्युटर , ल्यापटप , पंखा, फ्रिज, बेन्च लगायत इन्स्टिच्युट भित्र रहेका सबै सामानहरू जलेर ध्वस्त भएका छन ।

इन्स्टिच्युट भित्र रहेका सामानहरू के कति मूल्यका रहेका छन त्यो सार्वजनिक गरिएको छैन । जिल्ला प्रहरी कार्यालय नजिक नै रहेका संकल्प लोकसेवामा पर्सा , बारा , रौतहट , सर्लाही लगायतका जिल्लाका विद्यार्थी अध्ययनरत रहेका थिए ।


आज बिहानै संकल्प लोकसेवाका संचालक अशोक साहले सामाजिक संजालमा एक स्टाटस लेख्दै  प्राविधिक कारणले संकल्प लोकसेवाको सम्पूर्ण कक्षा अर्को सूचना नभए सम्मको लागि स्थगित गरिएको जनाएका छन्  । यसको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।


Author

थप समाचार
x