समाज

दुर्घटना न्यूनीकरणका लागि कोशी प्रदेशको १४ वटै जिल्लामा ट्राफिक सप्ताह सुरू

इकागज |
असार ६, २०८१ बिहीबार १३:४३ बजे

फाइल फोटो

काठमाडौँ - सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि कोशी प्रदेशको १४ वटै जिल्लामा ट्राफिक सप्‍ताह शुरु गरिएको छ । 

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा शुरु भएको ट्राफिक सप्‍ताहमा ट्राफिक नियम र सडक अनुशासन पालना गराउन सचेतना कार्यक्रमहरू संचालन गर्नुका साथै अनुगमन र कारवाही गरिने बताइएको छ । ट्राफिक सप्‍ताह कार्यक्रमको बिहीबार विराटनगरमा उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सडक दुर्घटनालाई ५० प्रतिशत घटाउने गरी काम गर्नुपर्ने बताए । उनले सडक दुर्घटना र त्यसबाट घाइते हुनेको अवस्था भयावह  भएकाले यसको न्युनीकरण गर्न व्यक्ति आफै सचेत हुनुपर्ने धारणा राखे । 


कार्यक्रममा प्रदेश सरकारले उपलब्ध गराएको ट्राफिक सामग्री मुख्यमन्त्री कार्कीले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक सरोज पौडेललाई हस्तान्तरण गरे भने ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने ७ जनालाई सम्मानित समेत गरिएको थियो । 


Author

थप समाचार
x