समाज

सगरमाथा आधार शिविरमा विश्व सेफ सम्मेलन आयोजना हुने

इकागज |
असार ६, २०८१ बिहीबार १४:२८ बजे

फाइल तस्बिर

काठमाडौँ- सन् २०२५ मा सगरमाथा आधार शिविरमा विश्व सेफ सम्मेलन आयोजना हुने भएको छ ।

ग्यास्टोनोमी टुरिजम एसोसिएसन अफ नेपालले बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सन २०२५ को मे महिनामा सगरमाथा आधार शिविरमा विश्व सेफ सम्मेलन आयोजना गर्ने घोषणा गरेको हो । 


कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले नेपाली परम्परागत खानालाई विश्वमाझ चिनाउनका लागि सगरमाथा आधार शिविरमा हुने विश्व सेफ सम्मेलनले मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । उनले मुलुकको परम्परागत खानाहरूको प्रवर्द्धनमा सरकारले आवश्यक भूमिका खेल्नुपर्ने धारणा पनि राखिन् । उपसभामुख रानाले जलवायु परिवर्तनको असर नेपाली परम्परागत खाना उत्पादनमा परेको उल्लेख गरिन् ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 


Author

थप समाचार
x