Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

अन्तर्राष्ट्रिय योग दिवसमा वाकाथन (तस्बिरहरू)

अनुज बज्राचार्य |
असार ७, २०८१ शुक्रबार ८:१६ बजे

काठमाडौँ- ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ १०औं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।

संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।


यसैबीच आरोध्य जीवन कार्यक्रम, स्वास्थ्य विभागले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा वाकाथन कार्यक्रम आयोजना गरेको छ । वाकाथनमा सहभागीहरूले 'आफ्ना लागि र समाजका लागि योग'लगायत प्लेकार्ड बोकेका थिए ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x