समाज

निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

इकागज |
असार ७, २०८१ शुक्रबार १४:१० बजे

काठमाडौँ- संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

शुक्रबार आज बिहान बसेको समितिको बैठकले १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।


गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।


Author

थप समाचार
x