समाज

वीपी र पुष्पलाल प्रतिष्ठानले लगे काठमाडौँ महानगरबाट सबैभन्दा बढी रकम

इकागज |
असार ७, २०८१ शुक्रबार १५:४८ बजे

सांकेतिक तस्विर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाबाट विभिन्न राजनीतिक दलका नेताहरूको नाममा  खुलेका प्रतिष्ठानले १२ करोड भन्दा बढी रकम लगेका छन् ।

महानगरपालिकाले मृत्यु भइसकेका नेताका नाममा खुलेका प्रतिष्ठानलाई एकै वर्षमा १२ करोड १५ लाख रूपैयाँसम्म अनुदान दिएको पाइएको छ । 


आर्थिक वर्ष २०७९/०८० मा १ सय भन्दा बढी प्रतिष्ठानले महानगरबाट पैसा लगेका छन् । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले एक प्रतिष्ठानले महानगरबाट रकम लगेको उल्लेख गरेको छ ।  

महानगरबाट रकम लगेर नक्सा पास नगरी भवन बनाउनेदेखि लिएर विभिन्न कार्यक्रम गर्ने गरेको प्रतिवेदनले बताएको छ । नक्सा पास नगरी बनाइएकालाई कारबाही गर्नुपर्ने ठाउँमा उल्टै प्रोत्साहन स्वरूप रकम प्रदान गरेको प्रतिवेदनले औंल्याएको छ । प्रतिष्ठानले रकम लगेको उद्देश्य अनुसारको काम गरेको/नगरेको त्यसको अनुगमन महानगरले गरेको छैन ।

महानगरबाट अनुदान लानेमा वीपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, मदन भण्डारी, शुसील कोइराला, महेन्द्रनारायण निधि, गजेन्द्रनारायण सिंह, राम राजाप्रसाद सिंहजस्ता प्रख्यात नेताका नाममा खुलेका प्रतिष्ठान छन् ।

यी हुन् सबैभन्दा वढी रकम लाने १४ प्रतिष्ठान:

 

 

 


Author

थप समाचार
x